Logo

हिरोपन्ती–२ को फस्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र हिरोपन्ती–२ को फस्ट लुक सार्वजनिक भएको छ । टाइगर श्राफले इन्स्टाग्राममा चलचित्रको फस्ट लुक सार्वजनिक गरेका हुन् ।

फस्ट लुकमा टाइगर श्राफ हातमा राइफल लिई सुटमा सजिएको देख्न सकिन्छ ।फस्ट लुक हेर्दा चलचित्र एक्सनले भरिपूर्ण बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

टाइगर श्राफले सन् २०१४ मा रिलिज भएको हिरोपन्ती चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए । उनी बलिउडका हस्ती ज्याकी श्राफका छोरा हुन् ।

सन् २०२१ को जुलाइ १६ मा चलचित्र रिलिज हुनेछ । चलचित्रलाई अहमद खानले निर्देशन गर्नेछन् । अहमद खानले यसअघि बाघी–२ र ३ को निर्देशन गरेका थिए । बाघी–३ मार्चमा रिलिज हुँदैछ । चलचित्रको निर्माण भने सजिद नाडियडवालाको प्रोडक्सन ब्यानरमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्