Logo

हलिउड छिर्दै हृतिक रोशन



Spread the love


एजेन्सी । प्रियंका चोपडा र दीपिका पादुकोणपछि बलिउडका सुपरस्टार हृतिक रोशन हलिउडमा छिर्दै छन् । उनले अमेरिकाको गर्स एजेन्सीसँग सम्झौता गरिसकेका छन् ।

चलचित्रको बारेमा अरु जानकारी भने नपाइएको भारतीय मिडियाहरुले बताएका छन् ।

अनिल कपुर र इरफान खान पनि सानाे भूमिकामा हलिउडमा देखिसकेका छन् ।

हृतिक रोशनले असीको दशकमा बच्चाको भूमिकामा देखिए पनि सन् २००० मा कहो ना प्यार हे नामक चलचित्रबाट मूख्य भूमिकामा देखिएका थिए । उनले अन्तिमपल्ट सन् २०१९ मा रिलिज भएको वारमा अभिनय गरेका थिए । वारले डोमेस्टिक मार्केटमा ३१७ करोडभन्दा बढी कमाएको थियो । वार चलचित्र सिद्धार्थ आनन्दद्धारा निर्देशित चलचित्र हो । वारमा हृतिक रोशनसँगै एक्सन स्टार टाइगर श्राफको पनि मूख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्