Logo

दिशा पटानी एक्सन भूमिकामा देखिंदै



Spread the love


एजेन्सी । बलिउडकी स्टार दिशा पटानी एक भिलेन–२ मा देखिने भएकी छिन् ।

यो वर्षको सुरुमा निर्देशक मोहित सुरीले एक भिलेनको फ्रेन्चाइज निकाल्ने चर्चा थियो । मोहित सुरीको एक भिलेनमा जोन अब्राहम र आदित्य रोय कपुरले अभिनय गर्ने छन् । यसका साथै दिशा पटानी पनि चलचित्रमा देखिने भएकी छिन् त्यो पनि एक्सन भूमिकामा ।

एक भिलेन–२ मा दिशा पटानी आदित्य रोय कपुरको जोडीमा देखिने भारतीय मिडियाहरुले बताएका छन् । दिशा पटानीको अभिनय डेविड फिन्चरको हलिउड चलचित्र गन गर्लबाट प्रभावित हुने जनाइएको छ । चलचित्र निर्माताहरुले फरक ट्विस्टमा चलचित्रमा कलाकारहरूकाे प्रस्तुत गर्न खोजिरहेका छन् । दिशा पटानीले केही ठुला स्टन्ट पनि गर्नेछिन् । दिशा पटानी बाहेक अर्की अभिनेत्रीको पनि खोजी भइरहेको छ ।


एक भिलेन–२ लाई एकता कपुर भुषन कुमारले निर्माण गर्नेछन् । चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्