Logo

बलिउडमा यो साता



Spread the love


एजेन्सी। नयाँ सालको सूरुवातसँगै बलिउडका केही चलचित्रहरु प्रदर्शनमा आए तर अपेक्षा अनुसार न त बक्स अफिसमा केही गर्न सके न त पाठकको मन जित्न सफल । नयाँ सालको सुरुवातसँगै प्रदर्शनमा आएको तानाजीले भने बक्स अफिसमा राम्रो पकड राख्न सफल भयो । अजय देवगण, सैफ अली खान र काजोलको अभिनय रहेको चलचित्रले दर्शकको मनमा खुब राज गर्यो ।
तानाजीपछि मलाङ्गले सय करोडमा प्रवेश नगरे पनि अरुको तुलनामा भने बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । आदित्य रोय कपुर, दिशा पटानी, अनिल कपुर, कुनाल खेमु लगायतका कलाकारहरुको अभिनय रहेको मलाङ्ग तानाजीपछिको सफल चलचित्र हो ।

लभ आजकल, पङ्गा, शुभ मंगल ज्यादा सावधान, भूत, थप्पड लगाएतका चलचित्रले सफलता प्राप्त गर्न सकेनन् । दर्शकको माया पाएको थप्पडले पनि बक्स अफिसमा कमाइ गर्न सकेको छैन ।

यो साता बाघी–३ र कामयाव रिलिज हुँदै छन् ।

अहमद खानको निर्देशनमा रिलिज हुन लागको चलचित्र बाघी–३ मा टाइगर श्राफ, श्रद्धा कपुर, रितेश देशमुख, सतिश कौशिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । बाघी–३ साउथको हिन्दी रिमेक हो । एक्सनले भरिपूर्ण चलचित्र बाघी–३ मा दुई भाइबीचको प्रेमलाई देखाइएको छ । चलचित्र मार्च ६ मा रिलिज हुँदैछ ।

कामयाव हार्दिक मेहताद्धारा निर्देशन गरिएको कमेडी जनराको चलचित्र हो । चलचित्रमा सन्जय मिश्र, दीपक डोब्रियाल, सरिका सिंह, विजु खोटे लगायतका कलाकारहरुको अभिनय रहेको छ । कामयावबाट हार्दिक मेहताले निर्देशनमा डेब्यू गरेका छन् । चलचित्रमा सुधिर नामकाे पात्रले बलिउडमा पाँच सय भूमिकामा अभिनय गर्न गरेकाे सङ्घर्षलाई देखाइएकाे छ । कामयाव मार्च ६ मा बाघी–३ सँग सिनेमा हलमा प्रतिस्पर्धा गर्नेछ तर बक्स अफिसमा कामयाव कत्तिको हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्