Logo

थप्पडले ३ दिनमा कति कमायो ?



Spread the love


एजेन्सी । गत शुक्रबार तापशी पन्नु अभिनित चलचित्र थप्पड रिलिज भएको थियो ।

शनिबार खस्केकाे व्यापार आइतबार भने माथि उठेकाे थियो । शुक्रबार, शनिबार र आइतबार गरेर थप्पडले बक्स अफिसमा १४.६६ करोड भारु बनाउन सफल भएको छ ।

थप्पडले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेपनि दर्शकहरुले भने राम्रो प्रतिकृया दिएका छन् । चलचित्र समीक्षकहरुले चलचित्रलाई ५ मा ४ स्टार दिएका छन् । आगामी शुक्रबार टाइगर श्राफ अभिनित चलचित्र बाघी–३ रिलिज हुँदै छ । बाघी–३ को चुनौती सामना गर्न थप्पडलाई धौधौ हुने अनुमान गर्न सकिन्छ ।

थप्पडमा तापशी पन्नुबाहेक पभेल गुलाटी, दिया मिर्जा, अंकुर राठी, राम कपुर, सिद्धार्थ कर्णिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई अभिनव सिन्हाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्