Logo

अर्जुन कपुर र परिणीति चोपडा अभिनित चलचित्र मार्च २० मा रिलिज हुँदै



Spread the love


एजेन्सी । बलिउड स्टार अर्जुन कपुर र परिणीति चोपडाको अभिनय रहेको चलचित्र मार्च २० मा रिलिज हुने भएको छ ।

दुबै जनाले ट्विटरमा फोटो राखी रिलिज डेट सार्वजनिक गरेका हुन् ।

अर्जुन कपुर र परिणीति चोपडा अभिनित चलचित्र सन्दीप और पिंकी फरार पहिला देखि नै तयारी अवस्थामा थियो । मुम्बइ मिररसँगको पुरानो अन्तर्वार्ता अनुसार अर्जुन कपुरले विभिन्न कारणले गर्दा ढिला भएको बताएका थिए । सन्दीप और पिंकी फरार दिवाकर बनर्जीले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन कपुरले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । यसै गरी परिणीति चोपडाले कर्पोरेट वल्र्डमा काम गर्ने नारीको भूमिकामा देखिएकी छिन् ।

इशकजादे र नमस्ते इङ्ल्याण्डपछि दुबै जना सन्दीप और पिंकी फरारमा देखा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्