Logo

थडामको हिन्दी रिमेक नोभेम्बरमा रिलिज हुने



Spread the love


एजेन्सी । मर्जावानको सफलतापछि बलिउडका स्टार सिद्धार्थ मलहोत्रा चलचित्रमा अभिनय गर्न व्यस्त छन् । सिद्धार्थ अभिनित चलचित्र शेरशाह पनि केही महिनाभित्रमा रिलिज हुँदैछ । यसै गरी उनी इन्दर कुमारको किट्टीमा पनि देखिने छन् ।

पछिल्लो समयमा बलिउडमा हिन्दी रिमेक धमाधम भइरहेका छन् । कबिर सिंहको सफलतापछि निर्देशकहरु हिन्दी रिमेक गर्न जुर्मुराइरहेका छन् । भारतीय मिडियाका अनुसार टलिउडको चलचित्र थडामको पनि हिन्दी रिमेक हुँदैछ ।

थ्रिलर चलचित्र थडाममा सिद्धार्थ मलहोत्राको डबल रोल हुनेछ । चलचित्रको छायांकन मेबाट सुरु हुने बताइएको छ । चलचित्रको नाम भने अझै दिइएको छैन । चलचित्र २०२० को नोभेम्बर २० मा रिलिज हुने छ ।

थडाम चलचित्रलाई इन्दर कुमारले निर्देशन गरेका थिए ।

मलहाेत्राले सन् २०१२ मा रिलिज भएकाे चलचित्र स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यू गरेका थिए । तर त्याे भन्दा पहिला उनले सन् २०१० मा रिलिज भएकाे चलचित्र माइ नेम इज खानमा सह– निर्देशक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्