Logo

रङका बारेमा १३ अनौठा तथ्यहरु



Spread the love


काठमाडाैं । हामीले रङ भन्ने बित्तिकै सबैले मनमा आ–आफ्ना धारणाहरु बनाउँछौ । विशेष गरी हामीलाई मन पर्ने रङ सबैभन्दा पहिला हाम्रो दिमागमा आउँछ । कसैलाई रातो मनपर्छ भने कसैलाई कालो । रङ देख्नेबित्तिकै हाम्रो मनमा छुट्टै किसिमको आनन्द पनि आउँछ । जस्तै कुनै एउटा रङले भरिएको पेन्टिङ्ग हेर्दा मन हरर हुन्छ । पेन्सिलले कोरेको स्केच पहिला सादा हुन्छ । जब हामीले त्यसमा रङ भर्छौँ तब निकै सुन्दर हुन्छ ।


हामीले नजानेका रङका १३ रोचक तथ्यहरु यसप्रकार रहेका छन् :

१. हामीले टाढाबाट हेर्दा सूर्यलाई पहेँलो देख्छौँ । खासमा सूर्यको रङ सेतो हो । पृथ्वीको वायुमण्डलले गर्दा सेतो सूर्य पहेँलो देखिन्छ ।

२.असम्भव रङ अर्थात् यसलाई निषेध रङ पनि भन्ने गरिन्छ । यो रङले मानिसको आँखाको लागि हानिकारक हुन्छ ।

३.जमिनमा बस्ने जनावरमा सबैभन्दा ठुलो आँखा घोडाको हुन्छ । उनीहरुको रातमा पनि उत्कृष्ट दृष्टि हुन्छ । तर उनीहरुले जम्मा दुई रङमात्र देख्न सक्छन् ।

४. रङ नछुट्याउने मानिसहरुको रातमा झन् राम्रो दृष्टि हुन्छ ।

५. रातिमा लगाइने चस्मामा हरियो फस्फोर लगाइन्छ । किनभने रातिमा मानिसको आँखाले अरु रङमा भन्दा बढी छायाँ हरियोमा देख्न सक्छ ।

६. बुलफाइटरले रातो कपडा लगाउनु आवश्यक छैन किनकी गोरुले रङ छुट्याउन सक्दैन । खासमा रगतलाई लुकाउन सजिलो होस् भनेर रातो कपडा लगाइने गरिएको पाइन्छ ।

७.इजरायलका रसायनशास्त्री फर्नान्डो पटोलस्कीले डेट रेप स्ट्रको आविष्कार गरेका थिए । जब डेट रेपवाला पेय पदार्थमा स्ट्र डुबाइन्छ तब स्ट्रले रङ फेर्दछ ।

.हाइलाइटर्समा पँहेलो रङ यस कारणले राखिन्छ कि यसले पानामा छायाँ छोड्दैन । जसले गर्दा फोटोकपी गर्न पनि सजिलो हुन्छ ।

९.अध्ययन गर्दा यो पाइएको छ कि रेडहेडहरुको अप्रेशन गर्दा सामान्य भन्दा २० प्रतिशत धेरै एनेस्थेसिया दिनुपर्दछ ।

१०. सन् १९८० को दशकमा वैज्ञानिकहरुले हरियो कफीको बियाँमा भएको इन्जाइम ओ ब्लडग्रुपमा परिवर्तन हुने कुरा देखाएका थिए ।

११. सन् १८९० को दशकपछि पेन्सिललाई पहेँलो रङ दिइएको थियो । किनभने कालो सिसा चीनबाट आएको थियो अनि पहेँलो रङले चीनमा रोयल्टीलाई बुझाउँथ्यो ।

१२. टेट्राक्रोमेटिक भएका महिलाहरुले सामान्य मानिसको तुलनामा १०० गुणा बढी रङको अनुभव गर्न सक्छन् ।

१३. सुन्तला रङको नाम राख्नुभन्दा पहिला यस रङलाई अंग्रेजीमा जिओलुहेड्रे नाम दिइएको थियो । पछि अरेन्ज कलर फलफूलकाे नामबाट राखिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्